कारोबार


साउदी अरेबिया–रुसबीच सम्झौता नहुने डरले पुनः घट्यो कच्चा तेलको मूल्य

साउदी अरेबिया–रुसबीच सम्झौता नहुने डरले पुनः घट्यो कच्चा तेलको मूल्य

नेपालखबर
चैत २१, २०७६ शुक्रबार ८:३,

 बढेको अन्तर्राष्ट्रिय कच्चा तेलको मूल्य शुक्रबार पुनः घटेको छ। साउदी अरेबिया र रुसबीच सम्झौता नहुने डरले पुनः कच्चा तेलको मूल्य घटेको रोयटर्सले जनाएको छ।

यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफूले साउदी राजकुमारसँग कुरा गरेको उल्लेख गर्दै रुस र साउदी अरेबियाले सम्झौता गर्ने बताएका थिए। सोलगत्तै तेलको मूल्य बढेको थियो।

रोयटर्सका अनुसार अमेरिकी वेस्ट टेक्सास इन्टरमेडिएट (डब्लुटीआई) क्रुड ४.७ प्रतिशतले अर्थात् १.१८ अमेरिकी डलर प्रतिब्यारेल घटेर २४.१४ डलर प्रतिब्यारेल कायम भएको छ। बिहीबार २४.७ डलर प्रतिब्यारेलसम्म उक्लिएको थियो। त्यस्तै ब्रेन्ट फ्युचर पनि प्रतिब्यारेल १.३७ अमेरिकी डलर अर्थात् ४.६ प्रतिशत घटेर २८.५५ डलर कायम भएको छ।

ट्रम्पले बिहीबार साउदी राजकुमार महम्मद बिन सल्मानसँग कुरा गरेको बताउँदै रुस र साउदीबीच तेल उत्पादन १ करोडदेखि डेढ करोड ब्यारेलसम्म कटौती गर्ने गरी सम्झौता हुने बताएका थिए।

साउदी अरेबियाले पेट्रोलियम निर्यात गर्ने राष्ट्रहरुको संगठन (ओपेक)सँग आकस्मिक बैठक गर्ने जनाएको छ। ट्रम्पले भनेअनुसार कटौती भए विश्व आपूर्तिको १० देखि १५ प्रतिशत उत्पादन कटौती हुनेछ।

तर यसबारे उनले थप केही भनेका छैनन्। विज्ञहरुले पनि यति ठूलो उत्पादन कटौती हुनेमा आशंका व्यक्त गरेको एजेन्सीहरुले जनाएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad