कारोबार


बजेटको सिद्धान्त र प्राथमिकता संसद्‍मा पेस (पूर्णपाठ)

बजेटको सिद्धान्त र प्राथमिकता संसद्‍मा पेस (पूर्णपाठ)

नेपालखबर
बैशाख २८, २०८२ आइतबार १६:१९, काठमाडौँ

सरकारले आगामी आर्थिक वर्ष २०८२/०८३ को लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता संसद्‍मा पेस गरेको छ। 

आइतबार प्रतिनिधिसभा बैठकमा उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक वर्ष २०८२/०८३ को लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता छलफलका लागि गर्ने प्रस्ताव पेस गरेका हुन्। 

उनले संसद्ले पारित गरेको नीति तथा कार्यक्रम अनुरुप सिद्धान्तहरुका आधारमा बजेट आउने बताए। 

मौलिक हक तथा राज्यका निर्देशक सिद्धान्तको कार्यान्वयन, सवल अर्थतन्त्र निर्माण गर्ने, उत्पादनमुखी विकासको ढाँचा अबलम्वन गर्ने, उद्यमशिलता र उत्पादकत्व अभिवृद्धि गर्न नविनतम प्रवृतिको प्रयोगलाई प्रवद्धन गर्ने पौडेलको भनाइ छ।

अर्थतन्त्रका उदयमान क्षेत्रलाई प्रोत्साहन गरिने, निजी क्षेत्र मैत्री, प्रतिस्पर्धी र  आत्मनिभर अर्थतन्त्र निर्माणमा जोड दिने उनले बताए। 

अर्थमन्त्री पौडेलले समाजवाद उन्मुख अर्थतन्त्रको आधार शिला तयार बनाउने बताए। उनले सन्तुलित र समावेशी विकासका लागि संघ प्रदेश र स्थानीय तह तथा साझेदारी, निजी, सहकारी र समुदायबीचको सहकार्यलाई समन्वय र सुदृढ बनाइने उल्लेख गरे। 

संविधानमा उल्लेखित संघ, प्रदेश र स्थानीय तहको अधिकारको सूचिलाई बजेट कार्यान्वयनको मूख्य आधार बनाइने समे उनले जानकारी दिए।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad