कारोबार


विकास हाइड्रोपावरको आईपीओ जेठ ६ गतेबाट निष्काशन हुँदै

विकास हाइड्रोपावरको आईपीओ जेठ ६ गतेबाट निष्काशन हुँदै

नेपालखबर
बैशाख २८, २०८२ आइतबार ११:४९, काठमाडौँ

विकास हाइड्रोपावरको प्राथमिक सेयर निष्काशन (आईपीओ) अन्तिम चरणमा छ। 

कम्पनीले नेपाल धितोपत्र बोर्डबाट आईपीओ निष्काशनको लागि अनुमति पाएसँगै आयोजना प्रभावित र वैदेशिक रोजगारीमा गएकाहरुका लागि आईपीओ निष्काशन गर्न लागेको हो। 

कम्पनीले कुल पुँजीको ४९ प्रतिशत अर्थात् ४४ लाख ५४ हजार ५९६ कित्ता सेयर निष्काशनमा ल्याउँदै छ। जसमा पहिलो चरणमा आयोजना प्रभावित बासिन्दाहरुलाई ९ लाख ९ हजार १०१ कित्ता र श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गएकाहरुलाई ३ लाख ३४ हजार ५५० कित्ता सेयर निष्काशनमा ल्याउनेछ। 

कम्पनीले जेठ ६ गतेबाट आईपीओ निष्काशनमा ल्याउने भएको हो। 

विकास हाइड्रोले नेटवर्थ बढाएसँगै आईपीओ निष्काशनको अनुमति बोर्डबाट पाएको थियो। 

सार्वजनिक लेखा समितिले नेटवर्थ ९० भन्दा कम रहेका कम्पनीहरुलाई आईपीओ निष्काशन गर्न रोकेको थियो।

कम्पनीको चालू आवको पुस मसान्तसम्म नेटवर्थ १०२ रुपैयाँ ७६ पैसा रहेको हो।

यस्तै कम्पनीको प्रतिसेयर आम्दानी पनि ५ रपैयाँ ३७ पैसा छ। कम्पनी चालू आर्थिक वर्षबाट नाफामा छ। 

चालू आवको पुससम्मको अपरिष्कृत वित्तीय विवरणअनुसार कम्पनीको नाफा १ करोड २८ लाख रुपैयाँ छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad