एनएलजी इन्स्योरेनस कम्पनी लिमिटेडले २.५० प्रतिशत बोनस सेयर सेयरधनीलाई बाँड्ने प्रस्ताव गरेको छ।
शुक्रबार बसेको सञ्चालक समिति बैठकले आर्थिक वर्ष २०८०/०८१ सम्मको सञ्चित मुनाफाबाट यससम्बन्धी प्रस्तावबारे निर्णय गर्दै बीमा प्राधिकरणसँग स्वीकृति माग्ने भएको हो।
यसअनुसार हाल कायम चुक्ता पुँजी २ अर्ब ५० करोड २६ लाख ५७ हजार ९२० रुपैयाँ २.५० प्रतिशतले हुने ६ करोड २५ लाख ६६ हजार ४४८ रुपैयाँबराबरको बोनस सेयर र त्यसमा लाग्ने कर प्रयोजनको ०.१३१५७९ प्रतिशत अर्थात् ३२ लाख ९२ हजार ९ सय ७१ रुपैयाँबराबरको नगद लाभांश दिने प्रस्ताव गरेको हो।
प्राधिकरणले स्वीकृति दिएपछि कम्पनीको वार्षिक साधारणसभाबाट पारित भएसँगै सेयरधनीले उक्त लाभांश पाउनेछन्।
30
Shares

प्रतिक्रिया