कारोबार


५ दिनमा ७८ सय बढेको सुनको मूल्य आज घट्यो

कतिमा हुँदैछ आज सुनचाँदीको कारोबार?
५ दिनमा ७८ सय बढेको सुनको मूल्य आज घट्यो

नेपालखबर
बैशाख २६, २०८२ शुक्रबार ११:३९, काठमाडौँ

गएका पाँच दिनमा ७ हनार ८ सय रुपैयाँ बढेको सुनको मूल्य आज घटेको छ। 

सुनको मूल्य आज प्रतितोला एक हजार चारसय रुपैयाँ घटेको हो। सुनको मूल्य आज एक लाख ९० हजार आठसय रुपैयाँ कायम भएको छ। 

गएको आइतबारदेखि हरेक दिन बढ्दै आएको सुनको मूल्य आज घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। यसअघि पाँच दिनमा सुनको मूल्य प्रतितोला सात हजार आठसय रुपैयाँ बढेको थियो। 

हिजो सुन प्रतितोला ६ सय रुपैयाँले बढेको थियो। मूल्य बढेर हिजो सुन तोलाको एक लाख ९२ हजार दुईसय रुपैयाँ पुगेको थियो। 

गएको मंगलबार पनि सुन तोलामा पाँच हजार तीनसय रुपैयाँ बढेको थियो। बुधबार सुन प्रतितोला एक हजार सातसय रुपैयाँ बढेको थियो। 

यही वैशाख ९ गते सुनको मूल्य एक लाख ९७ हजार नौसय रुपैयाँ पुगेको थियो। सुनको यो मूल्य हालसम्मकै सबैभन्दा उच्च हो। त्यसयता सुनको मूल्यमा नौ दिनमै १४ हजार चारसय रुपैयाँ गिरावट आएको थियो।

आज चाँदीको मूल्य भने प्रतितोला पाँच रुपैयाँ बढेको छ।  आज चाँदी प्रतितोला एक हजार नौ सय ६० रुपैयाँमा किनबेच भइरहेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad