सेयरबजार आज ६२.२५ अंकले बढेर २६७३.६९ विन्दुमा पुगेको छ।
नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से बढेको दिन १० अर्ब ५१ करोड रुपैयाँको सेयर किनबेच भएको हो।
आज २ करोड ७२ लाख कित्ता सेयर बिक्रीमा सो परिमाणको कारोबार भएको हो।
यस दिन २२७ वटा धितोपत्रको मूल्य बढ्दा १८ वटाको घटेको र एउटाको अघिल्लो मूल्यमा कारोबार भएको छ।
आज पनि नेपाल माइक्रो इन्स्योरेन्स र क्रेस्ट माइक्रो लाइफको सेयरमा सकारात्मक सर्किट लागेको छ। यसबाहेक बुटवल पावर कम्पनी ९.९९ प्रतिशत, ओम मेगाश्री फम्र्यास्युटिकल्सको ९.९९ प्रतिशत र पिपुल्स हाइड्रोपावर कम्पनीको सेयर ९.९८ प्रतिशतले बढेको छ।
आज ङादी ग्रुप पावरको ४.५० प्रतिशतले सेयर मूल्य घटेको छ। यो नै सर्वाधिक गिरावट भएको सेयर हो। कारोबारमा आज सानिमा माई हाइड्रोपावरको ५९ करोड २० लाख, ङादी ग्रुप पावरको ५४ करोड, राधी जलविद्युत् ४३ करोड, युनिभर्सल पावर कम्पनीको ४२ करोड र सिंगटी हाइड्रो इनर्जीको ४१ करोडको कारोबार भएको छ।
Shares

प्रतिक्रिया