कारोबार


नौ अंकले ओर्लियो बजार, साढे ७ अर्बको सेयर किनबेच

नौ अंकले ओर्लियो बजार, साढे ७ अर्बको सेयर किनबेच

नेपालखबर
बैशाख २२, २०८२ सोमबार १५:३३, काठमाडौँ

सोमबार सेयरबजारमा ९.६२ अंकको गिरावट आएको छ। 

नेपाल स्टक एक्सचेन्जका अनुसार साताको दोस्रो कारोबार दिन नेप्से २६१०.७६ विन्दुमा ओर्लिँदा कारोबार रकम पनि घटेको छ। 

यस दिन १ करोड ८४ लाख कित्ता सेयर बिक्रीमा ७ अर्ब ६३ करोडको खरिदबिक्री भएको हो। 

आज ३ कम्पनीको सकारात्मक सर्किट लागेको छ। नेपाल माइक्रो इन्स्योरेन्स, ओम मेगाश्री र सिटिजन सुपर ३० म्युचुअल फन्डको सेयरमा सर्किट लागेको हो। 

यसबाहेकका सेयरहरु ९.९९ प्रतिशतसम्मले बढेको छ। आज कुल ८६ वटा सेयरको मूल्य बढेको हो। 

यस्तै आज हिमालयन पावर पार्टनरको सबैभन्दा बढी ९.९९ प्रतिशतले सेयर मूल्य घटेको छ। बाँकी कम्पनीहरुको अधिकतम ७.९५ प्रतिशतसम्म सेयर घटेको छ। 

कारोबारमा आज राधी जलविद्युत् अगाडि छ। कम्पनीको ७६ करोडको कारोबार भएको हो। यसबाहेक ङादी ग्रुप पावरको ५५ करोडको, सानिमा माई हाइड्रोपावरको ४८ करोडको कारोबार भएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad