कारोबार


अब आयआर्जनको अवसरसहितको बस्ती विकासमा जोड दिनुपर्छ : उपप्रधानमन्त्री सिंह

अब आयआर्जनको अवसरसहितको बस्ती विकासमा जोड दिनुपर्छ : उपप्रधानमन्त्री सिंह

नेपालखबर
बैशाख २२, २०८२ सोमबार १२:५५, काठमाडौँ

उपप्रधानमन्त्री एवम् सहरी विकासमन्त्री प्रकाशमान सिंहले अब बस्ती विकास गर्दा त्यहाँ बस्नेहरुका लागि आयआर्जनको वातावरण निर्माण गर्नुपर्ने बताएका छन्।

राष्ट्रिय आवास कम्पनी लिमिटेडको १७औं वार्षिक साधारणसभालाई सम्बोधन गर्दै उनले बस्ती मात्र बनाएर नहुने भन्दै त्यहाँ बस्नेहरुका लागि आर्थीक अवसर सिर्जना गर्नुपर्नेमा जोड दिए।

‘व्यवस्थित आवास बनाँदा बनाउनका लागि मात्र बनाएर हुँदैन भन्ने कुरा योभन्दा अघिको उदाहरणबाट पाठ सिक्नुपर्छ। जग्गा विकास पनि गर्नु छ। न्यूनतम रुपमा मानिसहरुलाई आवश्यक पर्ने आयआर्जन गर्नसक्ने गरी अब बस्ती विकास हुनुपर्छ’, उनले भने।

त्यस्तै, उनले बस्ती विकास गर्दा सो स्थानको मौसमलाई ध्यान दिएर र स्थानीय मौलिक स्रोतसाधनकै प्रयोग गरेर बनाउनुपर्ने पनि बताए। 
त्यस्तै उपप्रधानमन्त्री सिंहले सरकारले राष्ट्रिय आवपास कम्पनीलाई विशेष महत्व दिलाएको पनि बताए।

सरकारको आगामी आर्थीक वर्षको नीति तथा कार्यक्रममा  व्यवस्थित आवास र जग्गा विकासको विषय पर्नुले पनि सरकारले प्राथमिकतामा राखेको भन्दै व्यवस्थित वस्ती विकासमा कम्पनीको भूमिका प्रभावकारी बनाउनुपर्नेमा जोड दिए। बस्ती विकास गर्दा समुदायलाई आवश्यक पर्ने विषयहरुमा ध्यान दिँदा राम्रो हुने भन्दे त्यसतर्फ ध्यान दिन कम्पनीलाई सुझाव दिए।

‘जनताको अपेक्षा धेरै छ । कम्पनीमा रहेका कमजोरी हटाएर जनअपेक्षाअनुसार काम गर्नततर्फ ध्यान दिनुहोला,’ उपप्रधानमन्त्री सिंहले भने।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad