कारोबार


सरकारले सम्भावना नभएका परियोजनाहरू खारेज गर्ने

सरकारले सम्भावना नभएका परियोजनाहरू खारेज गर्ने

नेपालखबर
बैशाख १९, २०८२ शुक्रबार १६:२६, काठमाडौँ

सरकारले आगामी आर्थिक वर्ष २०८२/०८३ मा सम्भावना नभएका परियोजनाहरु खारेज गर्ने भएको छ।

सरकारको नीति तथा कार्यक्रम सार्वजनिक गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले संविधान र लोकतान्त्रिक शासन व्यवस्थालाई प्रवद्र्धन गर्ने संविधानको समीक्षा गर्ने, कार्यान्वयनका कमीकमजोरी सुधार गर्न पहल गर्ने र विकास निर्माणमा देखापरेका कमीकमजोरी सुधारका लागि विकासको ढाँचा, गति र प्रवृत्ति परिवर्तन गर्ने परियोजना पुनरावलोकन गरी समयतालिका निर्धारण गर्ने, निर्माणाधीन तथा निर्माण गर्नुपर्ने योजनाका लागि सम्भावना नभएका परियोजना खारेजीसम्म गरिने उल्लेख गरे।

साथै, विद्यालय शिक्षमा देखिएका कमीकमजोरी अन्त्यका लागि कानूनी प्रवन्ध गर्ने। उद्यमशीतामैत्री शिक्षाको नीति अपनाई श्रम क्षेत्रमा रहेको सीपयुक्त श्रमशक्तिको अभाव सीपहीन जनशक्ति जगेडा रहने अवस्थाको अन्त्य गर्ने। हालको पाठ्यक्रम, सिकाइ र अध्यापन विधिमा सुधार गरिने। उद्यमशीलताको माध्यमबाट आन्तरिक रोजगारी सिर्जना गरी आयआर्जन वृद्धि गर्ने। सबै उद्योगको विजनेस प्लान र त्यसको इको सिष्टम निश्चित गरी जेन–जी पुस्तालाई विशेष प्राथमिकतामा राखी युवा केन्द्रित स्टार्टअप कार्यक्रम शुरु गर्ने लगायतका विषय नीति तथा कार्यक्रमको प्राथमिकतामा परेका छन्। 

कृषिको व्यवसायीकरण र पूर्वाधारका लागि तीनै तहका सरकारबीच समन्वय, अनावश्यक संरचना खारेज, फेसलेस र अनलाइन सेवाको विस्तार, सुदृढ र सन्तुलित अन्तर्राष्ट्रिय सम्बन्धसमेत सरकारको कार्यक्रमको प्राथमिकतामा परेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad