सरकारले नेपालको आफ्नै भूउपग्रह सञ्चालन गर्ने विषय दोहोर्याएको छ।
विगतका नीति तथा कार्यक्रममा समावेश हुँदै आएका भूउपग्रहको कार्यक्रम पुनः राखिएको हो।
राष्ट्रपति रामचन्द्र पौडेलले आगामी वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गर्दै सञ्चार र निगरानी क्षमता वृद्धि गर्न नेपालको भूउपग्रह सञ्चालन गर्ने उल्लेख गरेका छन्।
अतिसंवेदनशील सूचनाको संरक्षण गर्नका लागि सुरक्षित साइबर स्पेस तयार गरिने नीति तथा कार्यक्रममा उल्लेख छ।
सूचना प्रविधिको क्षेत्रको विकासकालागि डिजिटल इको सिस्टम बनाउने उल्लेख छ।
33
Shares

प्रतिक्रिया