कारोबार


विकासको ढाँचा, गति र संस्कृति फेर्ने सरकारको प्रतिबद्धता, परियोजना पुनः प्राथमिकीकरण गरिने

विकासको ढाँचा, गति र संस्कृति फेर्ने सरकारको प्रतिबद्धता, परियोजना पुनः प्राथमिकीकरण गरिने

नेपालखबर
बैशाख १९, २०८२ शुक्रबार १५:२७, काठमाडौँ

सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ। 

राष्ट्रपति रामचन्द्र पौडेलले दुवै सदनको संयुक्त बैठकमा सरकारको आगामी नीति तथा कार्यक्रम वाचन गरेर सुनाएका हुन्।

यसअनुसार सरकारले आगामी आवमा विकास निर्माणका क्रममा देखापरेका समस्या समाधान गर्न विकासको ढाँचा, गति र संस्कृति फेर्ने बताएको छ। 

त्योसँगै विगतमा विभिन्न सरकारले घोषणा गरेका भौतिक पूर्वाधार क्षेत्रका सबै  परियोजनाको पुनः प्राथमिकीकरण गरिने राष्ट्रपति पौडेलले वाचन गरेको नीति तथा कार्यक्रममा उल्लेख छ। त्यसैगरी परियोजनालाई वर्गीकरण गरी आर्थिक वर्ष ०८२ ०८३ मा सम्पन्न हुने र यस संसदको अवधिभित्र सम्पन्न हुने गरी समयतालिका निर्धारण गरिने पनि उल्लेख गरिएको छ। 

सरकार गठनका समयमा भएको संयुक्त सरकारको न्यूनतम साझा प्रतिबद्धता र प्राथमिकतालाई केन्द्रमा राखी साझा संकल्पका साथ सुशासन प्रवर्द्धन गर्न र तीव्र आर्थिक विकास हासिल गर्न कटिबद्ध रहेको उल्लेख गरिएको छ। 

सरकारले आर्थिक वर्ष २०८२÷०८३ को नीति तथा कार्यक्रममा वर्तमान संविधान र शासन व्यवस्थाको सुदृढीकरण, यसविरुद्धका अराजक गतिविधिको प्रतिवाद गर्ने, संविधानको समीक्षा गर्ने र कार्यान्वयनका कमी कमजोरी सच्याई संशोधन अघि बढाउने, राजनीतिक स्थायित्वलाई निरन्तरता र नीतिगत स्थिरता कायम गरिने बताएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad