नेपाल विद्युत् प्राधिकरणले श्वेतपत्र जारी गरेको छ।
कार्यकारी निर्देशक हितेन्द्र देव शाक्यले प्राधिकरणको यथार्थ अवस्था देखाउन भन्दै श्वेतपत्र जारी गरेका हुन्।
श्वेतपत्रअनुसार विद्युतकाे पहुँच ९७.५ प्रतिशत पालिकामा मात्रै पुगेकाे छ। घर संरचनाकाे आधारमा ९१.४१ प्रतिशत विद्युत् पुगेको देखिएकाे हाे।
निवर्तमान कार्यकारी निर्देशक कुलमान घिसिङले प्राधिकरणबाट विदा हुनुअघि पत्रकार सम्मेलन गर्दै मुलुकभर करिब ५८ प्रतिशत जनताले मात्र विद्युत उपभोग गर्न पाएकोमा हाल ९९ प्रतिशतभन्दा बढी जनतामा विद्युतको पहुँच पुगेको उल्लेख गरेका थिए।
श्वेतपत्रमा वडाकाे आधारमा हेर्दा ९५ प्रतिशत मात्रै पुगेकाे उल्लेख छ। यसअनुसार २०८१ माघसम्म ५५ लाख ८६ हजार घरमा मिटर जडान गरिएकाे देखिएकाे छ।
सरकारले निवर्तमान कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाएर हितेन्द्र देव शाक्यलाई प्राधिकरणको नेतृत्व सुम्पिएको थियो।
२०७८ साउन २५ गते दोस्रो कार्यकालका लागि नियुक्त भएका कुलमानलाई सरकारले गत चैत ११ गते बर्खास्त गरेको थियो। मन्त्रिपरिषद्को सोही बैठकबाट हितेन्द्र प्राधिकरणको कार्यकारी निर्देशक नियुक्त भएका थिए।
आफू कार्यकारी निर्देशक बनेपछि हितेन्द्रले कुलमानले ढाँटेको र मिडियाबाजी मात्र गरेको भन्दै प्राधिकरणको यथार्थ अवस्था देखाउन श्वेतपत्र जारी गर्ने बताउँदै आएका थिए।
Shares

प्रतिक्रिया