हिमालयन बैंक लिमिटेडले बैंकको काठमाडौँको बत्तीसपुतली शाखा साविक भवन/स्थानबाट स्थानान्तरण गरी बत्तीसपुतलीस्थित राम मन्दिर जाने बाटो सँगै रहेको नेपाल राष्ट्रिय मारवाडी परिषद्को नयाँ भवनमा स्थानान्तरण गरेको छ।
आज (शाख १४ गते)देखि बैंकले बत्तीसपुतली शाखाकै नामबाट सम्पूर्ण बैकिङ सेवा प्रदान गर्ने गरी सञ्चालनमा ल्याएको जनाएको छ।
उक्त शाखाको शुभारम्भ बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शम्सेर राणाले गरे।
हाल बैंकले नेपाल भरी फैलिएका १७४ शाखा कार्यालयहरु, २० विस्तारित काउन्टर, २८४ एटीएम, ८ हजारभन्दा बढी पस टर्मिनल र १५ हजारभन्दा बढी विप्रेषण भुक्तानी केन्द्रहरुबाट ग्राहकहरुलाई विभिन्न बैंकिङ सेवा प्रदान गर्दै आएको छ।
39
Shares

प्रतिक्रिया