चीनले ‘जस्तालाई त्यस्तै’ भन्दै लगाएको केही अमेरिकी वस्तुको कर खुसुक्क घटाएको छ।
आयात गर्ने संस्थाहरुले केही सेमिकन्डक्टरहरुमा चीनले अमेरिकाले लगाएपछि लगाएको अतिरिक्त शुल्क फिर्ता लिएको बताएका हुन्।
शुक्रबार दक्षिणी प्रविधि हब शेन्जेनमा आयात गर्ने तीन संस्थाले यसको जानकारी दिएको सीएनएनले उल्लेख गरेको छ।
चीन र अमेरिकाबीच अहिले एकअर्का देशका वस्तुमा एकपछि अर्को गरी कर लगाउने होड चलिरहेको छ।
चीनले माइक्रोचिप्स वा सेमिकन्डक्टरहरुका रुपमा चिनिने इन्टिग्रेटेट सर्किटहरुमा कर अतिरिक्त कर नलगाएको हो। यो करमुक्तिको सरकारले घोषणा समेत गरेको थिएन।
यही अप्रिल १२ मा चीनले अमेरिकाले लगाएको १४५ प्रतिशत करका विरुद्ध १२५ प्रतिशत कर लगाएको थियो।
चीनले पछिल्लो समय आफैँले सेमिकन्डक्टर उत्पादन थाले पनि अमेरिकी, ताइवानी, दक्षिण कोरियाली, जापानी र नेदरल्यान्डबाट आयात हुने चिपहरुसँग अझै पनि ठूलो निर्भरता छ।
गत वर्ष चीनले अमेरिकाबाट ११ अर्ब ७० करोड अमेरिकी डलरको सेमिकन्डक्टर आयात गरेको थियो।
Shares

प्रतिक्रिया