कारोबार


बचत वृद्धि अवकाश कोष कार्यक्रमका सहभागीको खातामा कोषले थपिदियो थप १ प्रतिशत रकम

बचत वृद्धि अवकाश कोष कार्यक्रमका सहभागीको खातामा कोषले थपिदियो थप १ प्रतिशत रकम

नेपालखबर
बैशाख ८, २०८२ सोमबार १८:७, काठमाडौँ

नागरिक लगानी कोषले बचत वृद्धि अवकाश कोष कार्यक्रमका सहभागीहरूलाई थप प्रतिफल बाँडेको छ। 

कोषले उनीहरुको खातामा जम्मा भएको रकममा एक प्रतिशतका दरले एक अर्ब ५२ करोड रुपैयाँ प्रतिफल प्रदान गरेको हो। 

कोष सञ्चालक समितिको बैठकले २०८१ असार मसान्तमा कोष मौज्दात रहेका सहभागीहरूलाई २०८० चैत मसान्तसम्मको कोष मौज्दातमा कुल सञ्चित मुनाफाबाट उक्त प्रतिफल प्रदान गर्ने निर्णय गरेको हो। 

बचत वृद्धि अवकाश कोषका सहभागीहरूको खातामा कोषले प्रदान गरेको थप रकम जम्मा भइसकेको छ। 

यसअघि पनि कोषले थप प्रतिफल प्रदान गर्दै आइरहेको छ। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad