संयुक्त अरब इमिरेट्स (युएई) का परराष्ट्रमन्त्रीले आगामी साता नेपालको भ्रमण गर्ने भएका छन्। उपप्रधानमन्त्री समेत रहेका परराष्ट्रमन्त्री शेख अब्दुल्लाह बिन जायेद अल नाहयानले नेपालको दुई दिने भ्रमण गर्ने भएका हुन्।
स्रोतका अनुसार परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाको निमन्त्रणामा युएईका उपप्रधान तथा परराष्ट्रमन्त्री अल नाहयानले ९–१० वैशाख (२२–२३ अप्रिल) मा नेपालको दुई दिने भ्रमण गर्न लागेका हुन्।
उपप्रधान तथा परराष्ट्रमन्त्री अल नाहयानको नेपाल भ्रमणका क्रममा उनका नेपाली समकक्षी डा. आरजु राणा देउवासँग भने भेटवार्ता भने हुने छैन। अल नाहयान नेपाल भ्रमणमा हुँदा परराष्ट्रमन्त्री डा. राणा थाइल्यान्ड भ्रमणमा हुनेछिन्।
युएईको राजपरिवारका शक्तिशाली सदस्य शेख अब्दुल्लाह सन् २००६ देखि त्यहाँ परराष्ट्रमन्त्रीको जिम्मेवारीमा छन्। ९ वर्षअघि पनि तत्कालिन परराष्ट्रमन्त्री कमल थापाको निमन्त्रणामा २०७३ वैशाखमा नेपाल भ्रमण गरेका थिए।
Shares

प्रतिक्रिया