नयाँ वर्ष २०८२ को पहिलो कारोबारले लगानीकर्तालाई स्वागत गरेको छ।
नेप्से २७.१४ अंकले बढेर २६८९.२२ विन्दुमा पुग्दा कारोबार साढे ८ अर्ब पुगेको हो।
कुल २ करोड १८ लाख कित्ता सेयर बिक्रीपछि ८ अर्ब ५४ करोडको सेयर किनबेच भएको हो।
यसले लगानीकर्तालाई उत्साहित बनाएको छ। आज २१२ वटा सेयरको मूल्य बढ्दा ३४ वटा सेयरको मूल्य मात्रै घटेको छ।
यसदिन तीनवटा कम्पनीको सेयरमा सकारात्मक सर्किट लागेको छ। कर्पोरेट डेभलपमेन्ट बैंक, ग्रिन डेभलपमेन्ट बैंक र सप्तकोशी डेभलपमेन्ट बैंकको सेयर १० प्रतिशतले बढेको छ। यीबाहेक नेपाल माइक्रो इन्स्योरेन्स र क्रेस्ट माइक्रो लाइफको सेयर पनि क्रमशः ९.९९ र ९.९८ प्रतिशतले बढेको छ।
बलेफी हाइड्रोको सेयर ९.६९ प्रतिशतले घटे पनि बाँकी सेयरहरु सामान्य दरमा घटेका छन्।
कारोबारमा आज बलेफी हाइड्रो अगाडि रह्यो। कम्पनीको मात्रै २ अर्ब रुपैयाँको कारोबार भएको हो। यसबाहेक एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्टको ४२ करोड, राधी जलविद्युतको ३६ करोड, सीईडीबी होल्डिंग्सको ३२ करोड र हिमालयन रिइन्स्योरेन्सको ३१ करोड रुपैयाँको सेयर कारोबार भएको छ।
आज सामूहिक लगानी र व्यापार सूचकमात्रै घटेको नेप्सेले जनाएको छ।
Shares

प्रतिक्रिया