कारोबार


सिद्धार्थ हस्पिटालिटीले नारायणगढमा थप्यो प्रोपर्टी, नारायणी किनारमा सुरु गर्‍यो प्रिमियम होटल

सिद्धार्थ हस्पिटालिटीले नारायणगढमा थप्यो प्रोपर्टी, नारायणी किनारमा सुरु गर्‍यो प्रिमियम होटल

नेपालखबर
बैशाख २, २०८२ मंगलबार १४:३१, काठमाडौँ

सिद्धार्थ हस्पिटालिटी चेन ब्रान्ड सिद्धार्थ हस्पिटालिटीले चितवनको नारायणगढमा नयाँ प्रोपर्टी थप गरेको छ। 

साबिकको होटल सेन्ट्रल पामलाई ‘सिद्धार्थ होटेल चितवन’ नामबाट सञ्चालनमा ल्याएको हो। 

सिद्धार्थ बिजनेस ग्रुपका अध्यक्ष लक्ष्मण न्यौपानेले नारायणी नदी किनारमा रहेको प्रिमियम होटल सञ्चालन सुरु गरेको जानकारी दिए। 

‘सिद्धार्थको चेन हस्पिटालिटी विस्तार र  सुलभ मूल्यमा गुणस्तरीय सेवा दिने उद्देश्यले सिद्धार्थले होटलको व्यवस्थापनको जिम्मेवारी लिएका हौँ’, उनले भने।

प्रकृतिमा रमाउने र प्रिमियम सेवा लिन चाहनेका लागि यो उपयुक्त गन्तव्य  हुने हस्पिटालिटीको दाबी छ। करिब २५ रोपनीमा फैलिएको होटलमा स्वीट, सुपर डिलक्स र डिलक्स गरी ४४ वटा कोठा छन्।

नारायणघाट पुल्चोकबाट ५०० मिटर दूरीमा रहेको होटलमा जंगल सफारीको अनुभवका लागि सुपारी र नरिवललगायतका फलको बगैँचासमेत छ।

होटलमा स्विमिङ पुलका साथै थिएटर सेटअपमा चार सय जना अट्ने क्षमताको सभाहल, करिब ५० जना अट्ने क्षमताको बोर्ड रुम पनि छ। 

कम्पनीले हाल भएको पूर्वाधारमा लगानी थप गरी सुविधा विस्तारको पनि योजना बनाएको छ।

सिद्धार्थ ग्रुपका प्रमुख कार्यकारी अधिकृत कृष्णप्रसाद न्यौपानेले आगामी दिनमा लगानी वृद्धि गरी होटलको स्तरोन्नति पनि गरिने बताए।

‘होटलमा हाल ४४ वटा रुम छन्, आगामी दिनमा ६० वटा बनाउने योजना छ, साथै तीनवटा सम्मेलन हलका साथै स्वीमिङ पुलको पनि स्तरोन्नति गरिनेछ,’ सिइओ न्यौपानेले भने।

होटलमा स्पा सुविधासहित हेल्थ क्लब र पुलसाइड  बारको पनि सविधा थप हुनेछ।

सिद्धार्थ ग्रुपको सिद्धार्थ हस्पिटालिटीअन्तर्गत हाल विभिन्न ब्राण्डमा ३० भन्दा बढी कम्पनी सञ्चालनमा छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad