चालू आर्थिक वर्षको चैत मसान्तसम्म ५७ अर्ब ९७ करोड रुपैयाँ वैदेशिक लगानी स्वीकृत भएको छ। उद्योग विभागले चैत महिनामा मात्रै १३ अर्ब ३१ करोड रुपैयाँ वैदेशिक लगानी स्वीकृत गरेको हो।
गत आर्थिक वर्षको ९ महिनाको तुलनामा झण्डै दोब्बरले वैदेशिक लगानी स्वीकृत भएको हो। २०८०/०८१ को चैतसम्म ३० अर्ब ९ करोड रुपैयाँ मात्रै वैदेशिक लगानी स्वीकृत गरिएको थियो। अहिले करिब ५८ अर्ब रुपैयाँ बराबरको लगानीले अनुमति पाएको छ।
उद्योग विभागले वैदेशिक लगानी २ तरिकाबाट स्वीकृत गर्छ। ५० करोडसम्मको लगानी अटोमेटिक रुटबाट हुन्छ भने अरु म्यानुअल्ली स्वीकृत गरेको छ। उद्योग विभागमा सूचना प्रविधिसम्बन्धी कम्पनी अटोमेटिक रुटबाट हुने गरेका छन्। कुल ५३ उद्योगको लगानी स्वीकृत हुँदा ३० वटा अटोमेटिक र २३ वटा म्यानुअल रुटबाट स्वीकृत भएका छन्।
रकमका हिसाबले ६० प्रतिशत सेवा क्षेत्र, पर्यटन क्षेत्रका ३२ प्रतिशत, उत्पादन मुलुक उद्योगमा ५ प्रतिशत, सूचना प्रविधि क्षेत्रमा २ प्रतिशत र कृषि क्षेत्रमा १ प्रतिशत रकम वैदेशिक लगानीको रुपमा भित्रिएको छ।
चैतसम्म २५ सय ५५ पर्यटक व्यावसायिक भिसामा नेपाल भित्रिएका छन्। २०८०/०८१ को चैतसम्म १७ सय २० लगानीकर्ता भित्रिएका छन्।
Shares

प्रतिक्रिया