कारोबार


प्रधानमन्त्री भन्छन्– आम्दानीले घर नचल्ने अवस्था छ, अनि देश कसरी समृद्ध हुन्छ?

प्रधानमन्त्री भन्छन्– आम्दानीले घर नचल्ने अवस्था छ, अनि देश कसरी समृद्ध हुन्छ?

नेपालखबर
चैत २८, २०८१ बिहिबार १४:४३, काठमाडौँ

प्रधानमन्त्री केपी शर्मा ओलीले देशमा आम्दानीले घर चल्न नसक्ने अवस्था रहेको बताएका छन्। 

नेपाल उद्योग वाणिज्य महासंघको ५९औँ वार्षिक साधारणसभालाई सम्बोधन गर्दै उनले देश समृद्ध हुन घर राम्रोसँग चल्नुपर्ने बताएका हुन्। 

‘आम्दानीले घर नचल्ने अवस्थामा छ, अनि देश समृद्ध कसरी हुन्छ?’, उनले भने, ‘देशलाई स्वतः समृद्ध बनाउन हरेक व्यक्तिलाई खर्च पुर्याएर बचतको स्थितिमा पुर्याऔँ। त्यसअनुसारले हामी बढी लाभ दिने चिजहरुमा शिफ्ट हुनुपर्छ।’

‘समृद्ध नेपाल, सुखी नेपाली’को नारा अघि सार्दै आएका ओलीले उद्योगी व्यवसायीहरुलाई सरकारले सहकार्य गर्ने आश्वासन दिँदै अध्यादेश ल्याउँदा साथ दिएकोमा खुसी व्यक्त गरे।  

उनले सरकारले कानुन र नीति निर्माणका लागि ध्यान दिएको, वानस्टप, वान डोर नीतिलाई प्राथमिकतामा राखेको बताए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad