कारोबार


चालू खाता पौने २ खर्बले बचतमा, यस्तो छ भुक्तानी सन्तुलन

चालू खाता पौने २ खर्बले बचतमा, यस्तो छ भुक्तानी सन्तुलन

नेपालखबर
चैत २७, २०८१ बुधबार १७:१८, काठमाडौँ

सरकारको चालू खाता १ खर्ब ८० अर्ब ८ करोडले बचतमा देखिएको छ। 

राष्ट्र बैंकले सार्वजनिक गरेको ८ महिनाको प्रतिवेदनले यस्तो देखाएको हो। 

पछिल्लो तथ्यांकअनुसार अघिल्लो वर्षको सोही अवधिमा चालू खाता १ खर्ब ६७ अर्ब ४५ करोडले बचतमा थियो। 

अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा १ अर्ब २६ करोडले बचतमा रहेको चालु खाता समीक्षा अवधिमा १ अर्ब ३३ करोडले बचतमा छ।

समीक्षा अवधिमा खुद पुँजीगत ट्रान्सफर ६ अर्ब ४१ करोड रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर ३ अर्ब ८९ करोड थियो। यसैगरी, समीक्षा अवधिमा ८ अर्ब ४९ करोड प्रत्यक्ष वैदेशिक लगानी (इक्विटी मात्र) भित्रिएको छ। 

अघिल्लो वर्षको सोही अवधिमा यस्तो प्रत्यक्ष वैदेशिक लगानी (इक्विटी मात्र) ५ अर्ब ६३ करोड थियो।

समीक्षा अवधिमा शोधनान्तर स्थिति ३ खर्ब १० अर्ब ३७ करोडले बचतमा छ। 

अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति ३ खर्ब २७ अर्ब ५५ करोडले बचतमा थियो। 

अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा २ अर्ब ४६ करोडले बचतमा रहेको शोधनान्तर स्थिति समीक्षा अवधिमा २ अर्ब २९ करोडले बचतमा रहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad