बजार परिसूचक नेप्से फेरि २७ सय विन्दुमा चढेको छ।
२३.८६ अंकले बढेपछि सूचकले २७ सय विन्दु टेकेको हो।
नेपाल स्टक एक्सचेन्जका अनुसार आज ५ अर्ब ४४ करोड रुपैयाँको सेयर कारोबार भएको थियो। कुल १ करोड कित्ता सेयर कारोबारमा १६६ वटा सेयरका धनीहरुले कमाए भने ७८ वटाका धनीहरुले गुमाए।
आज सेन्ट्रल फाइनान्सका सेयरधनीले सबैभन्दा बढी १० प्रतिशत कमाउँदा बाँकीले ९ प्रतिशतसम्म प्रतिसेयर आम्दानी गरे। त्यसैगरी बोटलर्स नेपाल बालाजुका सेयरधनीले पनि १० प्रतिशत नै गुमाएका छन्।
आज सीईडीबी होल्डिंग्सको सबैभन्दा बढी ३६ करोडको, हिमालयन रिइन्स्योरेन्सको ३५ करोडको सेयर कारोबार भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ।
30
Shares

प्रतिक्रिया