राजनीति


बालुवाटारमा सत्तारुढ दलको बैठक

बालुवाटारमा सत्तारुढ दलको बैठक

नेपालखबर
चैत १३, २०८१ बुधबार ११:५५, काठमाडौँ

सत्तारुढ दलको बैठक बालुवाटारमा बसिरहेको छ। भूमिसम्बन्धी अध्यादेशबारे छलफलका लागि प्रधानमन्त्री केपी शर्मा ओलीले सत्तारुढ दलको बैठक बोलाएका हुन्।

सरकारले भूमिसम्बन्धी अध्यादेश पुनः अघि बढाउन खोजेको छ। त्यसका लागि मंगलबार पनि प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सत्ता गठबन्धनमा रहेका दलका शीर्ष नेताबीच छलफल भएको थियो। 

आजको बैठकमा भूमि अध्यादेशप्रति असन्तुष्ट जसपा, नेपालका अध्यक्ष उपेन्द्र यादव पनि सहभागी छन्। हिजोको बैठकमा भने अध्यक्ष यादव सहभागी भएका थिएनन्। 

यसअघि सरकारले ६ वटा अध्यादेश सदनमा पेस गर्दा उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी र महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी भूमिसम्बन्धी अध्यादेश यथास्थितिमा समर्थन गर्न नसक्ने बताएका थिए।

त्यसपछि सरकारले भूमि अध्यादेश रोकेर अन्य अध्यादेश अघि बढाएको थियो। ती अध्यादेश दुवै सदनबाट पारितसमेत भइसकेका छन्।

हिजाेको बैठकमा प्रधानमन्त्री ओलीले भूमि सम्बन्धी अध्यादेशमा जसपा नेपाल र लोसपाको केके विषयमा आपत्ति हो र त्यसलाई कसरी सच्याउन सकिन्छ भनेर नेताहरूसँग राय मागेका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad