हङकङमा मंगलबार दिउँसो गुडिरहेको बसमा आगो लागेको छ। केएमबी ताइपो डिपोबाट प्रस्थान गरेकी केही समयपछि आगलागी भएको हो।
घटनाको समयमा कुनै पनि यात्रु नरहेको डबल डेकरमा दिउँसो २:३० बजे आगो लागेको हो।

युनसिन रोडमा गुडिरहेको बेला बसको पछिल्लो भागमा आगो लागेको थियो। आगो बल्न थालेपछि चालकले प्रहरीलाई खबर गरेका थिए।
आगो निभाउन एउटा जेट र एउटा श्वासप्रश्वास उपकरणसहितको टोली खटिएको थियो।
मास ट्रान्जिट रेलवे (एमटीआर)का अनुसार, फिडर बसको परीक्षण चलिरहेको थियो। त्यसैले उक्त समयमा यात्रु थिएनन्। आगलागीपछि बसलाई डिपोमा फिर्ता पठाइएको छ र घटनाको कारणबारे अनुसन्धान भइरहेको छ।
भिडिओ-
129
Shares

प्रतिक्रिया