सोमबार सेयरबजार परिसूचक नेप्से बढे पनि कारोबार रकम अघिल्लो दिनको तुलनामा घटेको छ।
नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से २६.१० अंकले बढेर २६४०.७८ विन्दुमा पुगेको हो। तर कारोबार रकम भने घटेर ४ अर्ब ४८ करोडमा खुम्चिएको छ।
आइतबार लगानीकर्ताले ६ अर्ब ३२ करोडको सेयर कारोबार गरेका थिए।
सोमबारको कारोबारमा २१० सेयर बढ्दा ३३ वटा घटेका छन्। बढेकामध्ये गार्डियन माइक्रो लाइफ, पोखरा फाइनान्स, समृद्धि फाइनान्स, श्वेतगंगा हाइड्रोपावरलगायतका सेयर छन्। यी कम्पनीहरुको सेयर अधिकतम ९.२९ प्रतिशतसम्मले बढेको छ।
घट्नेमा भने अपर हेवाखोला हाइड्रो, नारायणी विकास बैंकलगायतका सेयर छन्। यी कम्पनीहरुको सेयर अधिकतम ४.९२ प्रतिशतसम्मले घटेको नेप्सेले जनाएको छ।
कारोबारतर्फ हिमालयन रिइन्स्योरेन्स ३२ करोडसहित पहिलो नम्बरमा हुँदा दोस्रो स्थानमा रहेको सीईडीबी होल्डिंग्सको १५ करोडको कारोबार भएको छ।
Shares

प्रतिक्रिया