कारोबार


१ खर्ब ३२ अर्बले बढ्यो नेपालको वैदेशिक सहायता प्रतिबद्धता, माघसम्म कति?

१ खर्ब ३२ अर्बले बढ्यो नेपालको वैदेशिक सहायता प्रतिबद्धता, माघसम्म कति?

फाइल तस्बिर


नेपालखबर
चैत १०, २०८१ आइतबार १७:२८, काठमाडौँ

गत वर्षको तुलनामा यस वर्ष १ खर्ब ३२ अर्ब रुपैयाँले वैदेशिक सहायता प्रतिबद्धता बढेको छ।

अर्थ मन्त्रालयले सार्वजनिक गरेको तथ्यांकअनुसार चालू आर्थिक वर्षको माघसम्म वैदेशिक सहायता प्रतिबद्धता २ खर्ब २१ अर्ब ४५ करोड पुगेको हो। गत आर्थिक वर्षको सोही अवधिमा कुल वैदेशिक सहायता प्रतिबद्धता ८९ अर्ब ४९ करोड रहेको थियो। 

गत आर्थिक वर्षको सोही अवधिको तुलनामा यस वर्ष उल्लेख्य वृद्धि भएको मन्त्रालयले जनाएको छ। कुल सहायता प्रतिबद्धतामध्ये अनुदानको अंश २५.५ प्रतिशत छ भने ऋणको अंश ७४.५ प्रतिशत छ। 

कुल सहायता प्रतिबद्धतामध्ये सबैभन्दा बढी ऊर्जा क्षेत्रमा २५.५ प्रतिशत प्राप्त भएको छ भने सबैभन्दा कम सुशासन क्षेत्रमा ०.२ प्रतिशत रकम प्राप्त भएको छ । 

वातावारण र जलवायुमा २१.६ प्रतिशत, सिँचाइमा १२.९ प्रतिशत, पानीमा ११.५ प्रतिशत, विपद् व्यवस्थापनमा ९.१ प्रतिशत, यातायातमा ६.१ प्रतिशत, कृषिमा ४.३ प्रतिशत, सामाजिक क्षेत्रमा ४.२ प्रतिशत, पौष्टिक आहारमा १.६ प्रतिशत, वनमा २.५ प्रतिशत, पूर्वाधारमा ०.६ प्रतिशत र सुशासनमा ०.२ प्रतिशत वैदेशिक सहायता प्रतिबद्धता आएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad