नेपाल बीमा प्राधिकरणका नवनियुक्त अध्यक्ष शरद ओझाले प्राधिकरणबाट विगतमा जारी भएका निर्देशनहरुलाई एकीकृत स्वरुपमा ल्याउने काम भइरहेको बताएका छन्।
आइतबार काठमाडौंमा ‘बीमा क्षेत्रको अबको बाटो’ विषयक अन्तर्क्रिया कार्यक्रममा बोल्दै उनले बिमकहरुले प्राधिकरणबाट विगतमा जारी भएका निर्देशनहरु एकीकृत रुपमा ल्याइदिन गरेको मागको सम्बोधनका लागि प्राधिकरणले काम गरिरहेको बताएका हुन्।
उनले आफू प्राधिकरणमा आएको केही दिनमौ निर्देशनलाई एकीकृत गर्नका लागि कमिटी बनाएर काम सुरु गरेको बताए। नियमावलीमा परेका विषयहरुलाई निर्देशनबाट हटाउने र आवश्यक पुनरवलोकन भएको ठाउँमा समयानुकूल बनाउनेबारे काम सुरु भइसकेको जानकारी दिए।
उनले दुई महिनाभित्र काम सकिसक्ने र बिमकलाई सहजता प्रदान गर्ने प्रतिवद्धता जनाए। बीमा क्षेत्रको हितका लागि सम्पूर्ण स्टेक होल्डरको हित सुनिश्चित हुनुपर्ने बताए। बिमकको वित्तीय संस्था बलियो नभए बिमितको हित संरक्षण हुन नसक्ने भन्दै बिमकको वित्तीय स्वास्थ्य बलियो बनाउनका लागि प्राधिकरणले गर्नुपर्ने सहजीकरण गर्न तयार रहेको बताए।
अध्यक्ष ओझाले समग्र बीमा उद्योगको हितलाई केन्द्रमा राखेर अघि बढ्नुपर्नेमा जोड दिए। न्युज एजेन्सी नेपाल
Shares

प्रतिक्रिया