भारतको राजधानी नयाँ दिल्लीमा भएको राइसिना डायलग सम्मेलनका दौडान आर्मेनियाले नेपालका लागि आफ्नो वाणिज्य दूत नियुक्त गरेको छ।
आर्मेनियाले किरण मल्ललाई आफ्नो वाणिज्य दूत नियुक्त गरेको हो।
मल्ललाई आर्मेनियाको विदेश मन्त्रालयका महासचिव डेविट कारापेत्यानले नियुक्तिको प्रमाणपत्र हस्तान्तरण गरेका थिए।
विदेश मन्त्रालयका अनुसार सो सम्मेलनमा भएको एक बैठकका दौडान नवनियुक्त दूत मल्लले नेपाल र आर्मेनियाबीच सहकार्य प्रवर्द्धन तथा व्यावसायिक सम्बन्ध विस्तार र अन्य विविध क्षेत्रमा गर्नसकिने संयुक्त कार्यबारेको दृष्टिकोण प्रस्तुत गरेका थिए।
27
Shares

प्रतिक्रिया