विकास बैंकरहरुको संगठन डेभलपमेन्ट बैंकर्स एसोसिएसन नेपालको अध्यक्षमा पुनः सुयोग श्रेष्ठ दोहोरिएका छन्।
यसअघिको कार्यकालमा पनि अध्यक्ष रहेका उनी आगामी कार्यकालमा पनि अध्यक्षको भूमिकामा रहने भएका हुन्।
सांग्रिला विकास बैंकको प्रमुख कार्यकारी अधिकृत रहेका उनी एसोसिएसनको बिहीबार बसेको १९औँ वार्षिक साधारणसभाबाट पुनः अध्यक्षमा चयन भएका हुन्।
उनीसँगै उपाध्यक्षमा कामना सेवा विकास बैंकका प्रमुख कार्यकारी अधिकृत दिनेश थकाली, सचिवमा गरिमा विकास बैंकका माधव प्रसाद उपाध्याय र कोषाध्यक्षमा ज्योति विकास बैंकका कपिल ढकाल चयन भएका छन्।

45
Shares

प्रतिक्रिया