यस साता सेयरबजारमा गिरावटले नै निरन्तरता पाएको छ।
घटेर सुरु भएको कारोबार अन्तिम कारोबार दिनमा पनि घटेरै बन्द भएको हो।
बिहीबार नेप्से १२.३८ अंकले घटेर २६६९.७६ विन्दुमा झरेको छ। यस दिन ९५ लाख ९९ हजार कित्ता बढी बिक्री हुँदा कुल ४ अर्ब ५६ करोडको कारोबार भएको छ।
नेपाल स्टक एक्सचेन्जका अनुसार अन्तिम कारोबार दिन ६२ वटा सेयरको मूल्य बढे पनि १७५ वटाको घटेको छ र ७ वटाको अघिल्लो मूल्यमै कारोबार भएको छ।
आज डोल्टी पावरको ७.५३ प्रतिशतले बढेको छ। जुन सर्वाधिक वृद्धि हो। यसबाहेकका सेयर अधिकतम ५.४९ प्रतिशतसम्मले बढेका छन्। तर गिरावटतर्फ भने दुईवटा सेयरमा नकारात्मक सर्किट लागेको छ। मिथिला लघुवित्त र भूगोल इनर्जी १० प्रतिशतले घटेका छन्।
कारोबारतर्फ आज नेपाल पुनर्बीमा हावी छ। कम्पनीको २८ करोडको कारोबार हुँदा हिमालयन रिइन्स्योरेन्सको २३ करोडको कारोबार भएको छ।
Shares

प्रतिक्रिया