कारोबार


बिगमार्टमा एससीटी–यूपीआई कार्डबाट भुक्तानी गर्दा १० प्रतिशत छुट

बिगमार्टमा एससीटी–यूपीआई कार्डबाट भुक्तानी गर्दा १० प्रतिशत छुट

नेपालखबर
चैत ५, २०८१ मंगलबार १६:७, काठमाडौँ

नेपाल राष्ट्र बैंकबाट अनुमति पत्र प्राप्त भुक्तानी प्रणाली सञ्चालक संस्था स्मार्टच्वाइस टेक्नोलोजिज लिमिटेड (एससीटी) ले नेपालमा १२०+ शाखा रहेको चेन स्टोर बिगमार्टमा ‘एससीटी स्मार्ट वेनस्डे’ अफर सुरु गर्दै छ।

यस अफर अन्तर्गत ग्राहकहरूले बिगमार्टमा एससीटी–यूपीआई कार्डबाट भुक्तानी गर्दा एकपटकमा १० प्रतिशत, अधिकतम रु १०० हुने गरीे छुट प्राप्त गर्ने कम्पनीले जनाएको छ। 

यसको लागी भुक्तानी गर्न एससीटी–यूपीआई कार्ड प्रयोग गरी पीओएस मेसिन मार्फतनै भुक्तानी गर्नु पर्नेछ। यो अफर ६ महिना सम्म हरेक बुधबार बिगमार्टको सम्पूर्ण शाखामा लागू हुने कम्पनीको भनाई छ।

एससीटीले हाल २१ वटा बैंक तथा वितिय संस्था र १०० भन्दा बढी सहकारी संस्थाहरू मार्फत एससीटी–यूपीआई कार्ड जारी गर्दै आइरहेको छ। यो अफर मार्फत कार्डको अधिकतम प्रयोग गराउने र कार्डमार्फत नगदरहीत कारोबारलाई प्रोत्साहन गर्ने उद्देश्य रहेको छ। 

एससीटी–यूपीआई कार्ड नहुने ग्राहकहरूले पनि यस अफरमा सहभागी हुनलाई आफ्नो नजिकैको बैंक तथा वित्तीय संस्थामा गएर एससीटी–यूपीआई कार्ड माग गरी कार्ड प्राप्त गर्न सक्नेछन्।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad