कारोबार


सहरी विकास मन्त्रालयले ८ महिनामा गर्‍यो १२ अर्ब २४ करोड खर्च

सहरी विकास मन्त्रालयले ८ महिनामा गर्‍यो १२ अर्ब २४ करोड खर्च

नेपालखबर
चैत ५, २०८१ मंगलबार १४:५१, काठमाडौँ

सहरी विकास मन्त्रालयले चालू आर्थिक वर्षको हालसम्म १२ अर्ब २४ करोड तीन लाख ८७ हजार अर्थात् १७.९३ प्रतिशत खर्च गरेको छ । आज मन्त्रालयले पत्रकार सम्मेलन गरेर उक्त जानकारी दिएको हो।

मन्त्रालयका निम्ति ९१ अर्ब ३५ करोड २३ लाख विनियोजन भएकामा सङ्घतर्फ ६८ अर्ब २५ करोड ८३ लाख ३९ हजार भएको थियो ।

विनियोजित रकममध्ये चालूतर्फ रु चार अर्ब ४२ करोड ३८ लाख २३ हजार र पुँजीगततर्फ रु ६३ अर्ब ८३ करोड ४५ लाख १६ हजार छुट्याइएको थियो । 

हालसम्म चालूतर्फको खर्च २५ दशमलव २३ प्रतिशत भएको छभने पुँजीगततर्फको खर्च १७ दशमलव ४३ प्रतिशत रहेको छ। चालू आवमा सहरी विकास मन्त्रालय (सङ्घीय कार्यालय)बाट कार्यान्वयन हुने तीन हजार ७१६ वटा नयाँ कार्यक्रममध्ये जम्मा एक हजार ६२३ वटा कार्यक्रमको बोलपत्र आह्वान भएको छ।

बोलपत्र आह्वान भएका एक हजार ६२३ वटा कार्यक्रममध्ये पनि एक हजार ९८ वटा कार्यक्रमको ठेक्का सम्झौता भएको छ भने १२४ वटा पूरा भएका छन्।

यसैगरी, बाँकी दुई हजार ९३ वटा कार्यक्रममध्ये २८८ वटा कार्यक्रम बहुवर्षीय स्वीकृतिका लागि प्रस्तावित कार्यक्रम हुन् । 

मन्त्रालयका प्रवक्ता नारायण मैनालीका अनुसार एक हजार ४५९ वटा पुराना (क्रमागत तथा बहुवर्षीय स्वीकृत कार्यक्रम)मध्ये चालु आवमा जम्मा २८० वटा कार्यक्रम सम्पन्न भइसकेका छन्। 

त्यसैगरी, ३३० वटा झोलुङ्गे पुल निर्माण गर्ने लक्ष्य रहेकामा हालसम्म १६२ वटा निर्माणसम्पन्न भएका छन्। 

यसै वर्ष संविधान दिवसका दिनदेखि आगन्तुकका निम्ति खुला गरिएको धरहराको अवलोकन एक लाख ३० हजारभन्दा बढीले गरेका र त्यसबाट दुई करोड ३७ लाख राजस्व सङ्कलन भएको उक्त मन्त्रालयले जानाकारी गराएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad