ad ad

कारोबार


सिद्धार्थ बैंक र यूकेएड सक्षम एक्सेस टु फाइनान्सबीच साझेदारी

सिद्धार्थ बैंक र यूकेएड सक्षम एक्सेस टु फाइनान्सबीच साझेदारी

नेपालखबर
असार २०, २०७६ शुक्रबार ११:५४,

 साना तथा मझौला उद्योगहरूलाई बैङ्किङ सेवा प्रदान गर्ने लक्ष्य सहित साना तथा मझौला उद्योग कर्जासम्बन्धी आफ्नो कार्यक्रमको पुनः संरचना गर्नका लागि सिद्धार्थ बैंकले यूकेएड सक्षम एक्सेस टु फाइनान्ससँग सम्झौतामा हस्ताक्षर गरेको छ। सिद्धार्थ बैंकका प्रमुख कार्यकारी अधिकृत शम्भुनाथ गौतम र सक्षमका टोली प्रमुख निर्मल दाहालले सम्झौता पत्रमा हस्ताक्षर तथा आदानप्रदान गरेर आज एक कार्यक्रममाझ उक्त साझेदारीको औपचारिक घोषणा गरेका हुन्। सोल्टी क्राउन प्लाजा होटलमा भएको उक्त कार्यक्रममा दुवै संस्थाका वरिष्ठ व्यवस्थापन तथा सञ्चारकर्मीहरूको उपस्थिति रहेको थियो।

उक्त साझेदारीले नवीनतम तथा दिगो पद्धतिमार्फत साना तथा मझौला उद्योगहरूको वित्तीय आवश्यकतालाई, विशेषगरी मध्यम स्तरको लगानीको आवश्यकता परेका तर परम्परागत संयन्त्रहरूबाट ऋण प्राप्त गर्न सक्ने अवस्थामा नरहेका (मिसिङ मिडल)व्यवसायहरूको आवश्यकतालाई सम्बोधन गर्ने लक्ष्य लिएको छ।

यस सहकार्यले निम्न आय भएका मानिसहरूको वित्तीय आवश्यकता पूरा गर्न तथा उद्यमशीलता प्रवद्र्धन गर्न सहजीकरण गर्ने लक्ष्य लिएको छ। यस सहकार्य अन्तर्गत बैंकले आफ्नो पैmलिदो शाखा सञ्जालको बृहत् उपयोग गरी देशभर लघु तथा साना व्यवसायहरूलाई अनुकूल हुनेगरी आफ्नो व्यवसाय ढाँचालाई पुनःसंरचना गर्नेछ र उत्पादन, सेवा तथा सेवा प्रवाह संयन्त्रलाई संशोधन गर्नेछ।

कार्यक्रममा, सिद्धार्थ बैंकका प्रमुख कार्यकारी अधिकृत गौतमले लघु, साना, तथा मझौला उद्योगहरूका लागि सम्पूर्ण वित्तीय सेवा प्रदान गर्ने मञ्च निर्माण गर्नका लागि यूकेएड सक्षम एक्सेस टु फाइनान्ससँग सहकार्य गर्न पाउँदा सिद्धार्थ बैंक हर्षित रहेको बताए। बैंकले लघु, साना, तथा मझौला उद्योगहरू अर्थतन्त्रका मेरुदण्डको रूपमा रहेको र नेपालजस्तो विकासोन्मुख देशहरूको आर्थिक वृद्धिका लागि आधारभूत भूमिका खेल्ने मान्यता अङ्गिकार गरेको र यस सहकार्यको मुख्य प्रयोजन यस क्षेत्रमा सम्भावना भएका र ठूलो संख्यामा रहेका ग्राहकवर्गलाई सेवा पु¥याउने रहेको पनि उनले बताए। यस पहलमार्फत बैंकले थप नवीनतम् वित्तीय उत्पादन तथा सेवाहरूको थालनी तथा विस्तार गर्न सक्नेछ र थप व्यवस्थित रूपमा काम गरेर आपूmलाई यस साना तथा मझौला कर्जा क्षेत्रको अग्रणी बैंकका रूपमा स्थापित गर्न सक्नेछ।

सक्षमका टोली प्रमुख दाहालका अनुसार सिद्धार्थ बैंकसँगको हाम्रो साझेदारीले साना तथा मझौला उद्योगहरूलाई तथा मध्यम स्तरको लगानीको आवश्यकता परेका तर परम्परागत संयन्त्रहरूबाट ऋण प्राप्त गर्न सक्ने अवस्थामा नरहेका (मिसिङ मिडल) उद्योगहरूको वित्तीय पहुँचमा सुधार गर्ने उद्देश्य राखेको छ। हालैको नेपाल आर्थिक गणना लगायतका विभिन्न अध्ययनहरूले हाम्रो देशमा अभैm पनि उल्लेखनीय संख्यामा उद्योगहरूको औपचारिक वित्तीय सेवाको पहुँच बाहिर रहेको देखाएका छन्। यो परिदृश्यमा परिवर्तन ल्याउनका लागि बैंकहरुले आफ्नो कार्यसञ्चालनमा तथा प्रक्रियाहरूमा आमूल परिवर्तन ल्याउनुपर्ने तथा प्रभावकारी तथा कुशल निर्णय प्रक्रियाका लागि तथ्याङ्कमा आधारित र प्राविधिक समाधानहरूको उपयोग गर्नुपर्ने आवश्यकता छ र सोही सन्दर्भमा यो साझेदारी निर्माण गरिएको हो।’

सक्षम एक्सेस टु फाइनान्स यूकेएडबाट वित्तीय सहयोग प्राप्त कार्यक्रम हो जुन नेपाल सरकार र संयुक्त अधिराज्यबीचको सम्झौताको एउटा हिस्सा हो। यसलाई नेपालमा स्थानीय तथा अन्तर्राष्ट्रिय संस्थाहरूसँगको साझेदारीमा डिएफआइडी नेपालका लागि लुइस बर्जरले कार्यान्वयन गरिरहेको छ। वि.सं. २०५९ मा स्थापित तथा नेपालका प्रबुद्ध व्यक्तित्वहरूद्वारा प्रवद्र्धित सिद्धार्थ बैंक हाल नेपालको निरन्तर अघि बढिरहेको बैंकहरूमध्येको एकको रूपमा रहेको छ। यस बैंकले हाल ११९ अर्ब रूपैयाँ बराबरको निक्षेप परिचालन गरिरहेको छ भने करिब १०७ अर्ब रूपैयाँ बराबरको ऋण प्रवाह गरेको छ। यस बैंकले देशभरीका आफ्ना १५६ शाखा (४ वटा विस्तारित काउण्टर सहित), १०० शाखारहित बैङ्किङ सेवाहरू, १७२ एटिएम तथा १४५० भन्दा बढी विक्री विन्दु (पोइन्ट अफ सेल्स) सम्मिलित बहृत् सञ्जालमार्पmत् “सम्बन्ध सँधैभरिलाई” भन्ने नाराका साथ उत्कृट बैङ्किङ सेवा प्रदान गरिरहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .