कारोबार


चीनको छेन्दुबाट आएको सिचुवान एयरलायन्सको जहाज पोखरामा अवतरण

पोखराबाट छेन्दुका लागि आज पहिलो व्यावसायिक ‘चार्टर्ड’ उडान हुँदै
चीनको छेन्दुबाट आएको सिचुवान एयरलायन्सको जहाज पोखरामा अवतरण

तस्बिर: रासस


नेपालखबर
चैत ५, २०८१ मंगलबार ११:५९, काठमाडौँ

चीनको छेन्दुबाट आएको विमान पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको छ। 

सिचुवान एयरलायन्सको जहाज केहीबेरअघि पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो। यो जहाजले आज पोखराबाट छेन्दुका लागि पहिलोपटक व्यवसायिक चाटर्ड उडान गर्दै छ। 

पोखरा पर्यटन परिषद्को नेतृत्वमा पोखरा महानगरपालिका, नेपालस्थित चिनियाँ राजदुतावास, सिचुवान एअरलाईन्स र नेपालस्थित चाइनीज एसोसिएसनसँगको सहकार्यमा पहिलो पटक पोखराबाट चीनको सिचुवान प्रान्तको छेन्दुमा व्यावसायिक ‘चार्टर्ड’ उडान गर्न लागिएको हो।

लामो समयदेखि पोखरेली जनसमुदायको माग तथा सरकारी र निजी क्षेत्रको संयुक्त प्रयासबाट सञ्चालनमा आएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन भएको दुई वर्षसम्म नियमित अन्तर्राष्ट्रिय उडान हुन नसकेको अवस्थामा पहिलोपटक सिचुवान एयरलायन्सको जहाजबाट १२६ यात्रु छेन्दु जाँदैछन्।

उडान नियमित गर्ने प्रयास स्वरुप सिचुवान एयरलायन्सले छेन्दुबाट तीनवटा चार्टर्ड उडान गर्ने सुनिश्चित गरिसकेको पोखरा पर्यटन परिषद्का महासचिव जीवनराज सापकोटाले जानकारी दिए।

‘पोखरा–छेन्दु उडानलाई नियमित गर्ने उद्देश्यका साथ सिचुवान एयरलायन्सले चार्टर्ड उडान सुरु गरेको हो’, उनले भने, ‘तीनवटा चाटर्ड उडान पछि एयरलायन्सले अन्य नियमित उडानको योजना बनाएको छ।’

चार्टर्ड उडानका लागि एयरलायन्सले हाल भाडादर रु ६२ हजार तय गरेको छ। एयरलायन्सले तीनवटा उडानपछि भाडादरसहित नियमित तालिका ल्याउने जनाएको छ। उनले पोखरा–छेन्दु उडान यहाँको पर्यटकीय विकासमा महत्त्वपूर्ण बन्ने विश्वास व्यक्त गरे।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad