कारोबार


अस्ट्रेलियन डलर र कुबेती दिनारको मूल्य बढ्यो, युरो र पाउन्डको घट्यो

कुन विदेशी मुद्राको विनियमदर आज कति? हेर्नुहोस् सूची
अस्ट्रेलियन डलर र कुबेती दिनारको मूल्य बढ्यो, युरो र पाउन्डको घट्यो

नेपालखबर
चैत ४, २०८१ सोमबार ५:२४, काठमाडौँ

नेपाल राष्ट्र बैंकले आज (साेमबार) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। 

आज अस्ट्रेलियन डलर, कुबेती दिनारसहित केही विदेशी मुद्राको मूल्य बढेको छ। त्यसैगरि युरो, पाउन्डसहित केही मुद्रा सस्तिएका छन्। अमेरिकी डलर, बहराइन दिनारसहित केही मुद्राको विनियमदर भने हिजोकै यथावत छ। 

आज अमेरिकी डलर १ को खरिददर १३८ रुपैयाँ ९० पैसा र बिक्रीदर १३९ रुपैयाँ ५० पैसा छ। हिजो पनि अमेरिकी डलर यही मूल्यमा कारोबार भएको थियो। 

त्यसैगरि आज युरोपियन युरो १ को खरिददर १५१ रुपैयाँ १३ पैसा र बिक्रीदर १५१ रुपैयाँ ७८ पैसा छ। हिजो युरोपियन युरो १ को खरिददर १५१ रुपैयाँ ३८ पैसा र बिक्रीदर १५२ रुपैयाँ ०३ पैसा थियो। 

त्यस्तै आज पाउन्ड स्टर्लिङ १ को खरिददर १७९ रुपैयाँ ६५ पैसा र बिक्रीदर १८० रुपैयाँ ४२ पैसा छ। हिजो पाउन्ड स्टर्लिङ १ को खरिददर १७९ रुपैयाँ ७५ पैसा र बिक्रीदर १८० रुपैयाँ ५३ पैसा थियो। 

त्यसैगरि अस्ट्रेलियन डलर १ को खरिददर ८७ रुपैयाँ ८३ पैसा र बिक्रीदर ८८ रुपैयाँ २१ पैसा छ। हिजो अस्ट्रेलियन डलर १ को खरिददर ८७ रुपैयाँ ६२ पैसा र बिक्रीदर ८८ रुपैयाँ थियो। 

त्यसैगरि कुवेती दिनार १ को खरिददर ४५० रुपैयाँ ८७ पैसा र बिक्रीदर ४५२ रुपैयाँ ८२ पैसा छ। हिजो कुवेती दिनार १ को खरिददर ४५० रुपैयाँ ८६ पैसा र बिक्रीदर ४५२ रुपैयाँ ८० पैसा थियो। 

आज बहराइन दिनार १ को खरिददर ३६८ रुपैयाँ ४७ पैसा र बिक्रीदर ३७० रुपैयाँ ०७ पैसा छ। हिजो पनि बहराइन दिनारको कारोबार दर यही थियो। 

यो विनिमयदर आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने राष्ट्र बैंकले जनाएको छ।

वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने राष्ट्र बैंकले जनाएको छ।

हेर्नुहोस् राष्ट्र बैंकले निर्धारण गरेको सबै मुद्राको विनिमय दर

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad