आज सुनचाँदीकै मूल्य बढेको छ। मंगलबार घटेको सुनचाँदीकै मूल्य आज बढेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ६ सय रुपैयाँ बढेको छ। मूल्य बढेर आज सुन तोलाको एकलाख ७० हजार पाँचसय रुपैयाँमा कारोबार भइरहेको छ।
हिजो सुनको मूल्य तोलाको एकलाख ६९ हजार नौसय रुपैयाँ थियो। आइतबार र सोमबार लगातार बढेको सुनको मूल्य मंगलबार घटेको थियो।
यही फागनु १३ गते सुनको मूल्य प्रतितोला १ लाख ७१ हजार ३ सय रुपैयाँ पुगेको थियो। जुन मूल्य हालसम्मकै सबैभन्दा उच्च हो।
गएको मंसिर तेस्रो साता सुनको मूल्य दुई दिनमै तोलामा साढे १८ हजार रुपैयाँ घटेको थियो। सरकारले भन्सारदर घटाएपछि मंसिर तेस्रो साता सुनचाँदीकै मूल्यमा उच्च गिरावट आएको थियो।
आज चाँदीको भाउ पनि बढेको छ। महासंघका अनुसार आज चाँदीको मूल्य तोलाको ३० बढेर दुई हजार रुपैयाँ पुगेको छ। हिजो चाँदीको मूल्य एक हजार नौसय ७० रुपैयाँ थियो।
Shares

प्रतिक्रिया