प्रवास


विपिनको रिहाइका लागि पहल गरिदिन कतारस्थित नेपाली राजदूतलाई ज्ञापनपत्र

विपिनको रिहाइका लागि पहल गरिदिन कतारस्थित नेपाली राजदूतलाई ज्ञापनपत्र

नेपालखबर
फागुन २७, २०८१ मंगलबार १८:४, दोहा, कतार

प्यालेस्टिनी समूह हमासद्वारा बन्धक बनाइएका नेपाली विद्यार्थी विपिन जोशीको रिहाइका लागि पहल गरिदिन कतारका लागि नेपाली राजदूत रमेशचन्द्र पौडेललाई ज्ञापन पत्र बुझाइएको छ।

१६ महिनादेखि हमासको नियन्त्रणमा रहेका भनिएको कञ्चनपुरका जोशीको रिहाइका लागि पहल गरिदिन भन्दै गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद् कतारका सदस्य सुरेश भट्ट आश्रिनले राजदूत पौडेलसमक्ष ज्ञापन पत्र बुझाएका हुन्।

कतारी राजासमक्ष उच्च कुटनीतिक पहल गरिदिन भन्दै भट्टले आज (११ मार्च) राजदूतसमक्ष निवेदन दिएका हुन्। हमासले ७ अक्टोबर २०२३ मा इजरायलको अलमिम किवुजबाट जोशीलाई बन्धक बनाइ गाजा क्षेत्रतर्फ लगेको थियो।

‘हमासद्वारा इजरायलमा गरिएको आक्रमणका क्रममा गाजा नजिकैको इजरेली सहर किबुत्ज अलुमिमबाट अपहरण गरेदेखि यता नेपालले कुशल कूटनीति प्रदर्शन गर्न नसक्दा यति लामो समयसम्म निज जोशीको अवस्था अझैसम्म अज्ञात नै रहनु अत्यन्तै दुःखद छ,’ आईसीसी सदस्य भट्टले ज्ञापन पत्रमा लेखेका छन्, ‘हमास-इजरायल युद्ध रोक्न कतारले मध्यस्थकर्ताको भूमिकासमेत निर्वाह गरिरहेको परिप्रेक्ष्यमा यहाँको कार्यालयमार्फत कतार सरकारसमक्ष औपचारिक रूपमा कूटनीतिक प्रस्ताव गरी नेपाली विद्यार्थी विपिन जोशीलाई हमासको कब्जाबाट मुक्त गरी नेपाल झिकाउन महत्त्वपूर्ण तथा अर्थपूर्ण भूमिका निर्वाह गरिदिनुहुन विनम्र अनुरोध गर्दछु।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad