कारोबार


बर्खा सुरु नहुँदै मध्यपहाडी राजमार्गको मर्मत कार्य सक्न सांसद गौतमको माग

बर्खा सुरु नहुँदै मध्यपहाडी राजमार्गको मर्मत कार्य सक्न सांसद गौतमको माग

नेपालखबर
फागुन २३, २०८१ शुक्रबार १४:५९, काठमाडौँ

राष्ट्रियसभाकी सांसद इन्दिरा गौतमले पूर्वी तराई जोड्ने मध्यपहाडी राजमार्गको काम जतिसक्दो चाँडो सम्पन्न गर्न सरकारको ध्यानाकर्षण गराएकी छिन्। 

राष्ट्रियसभाको आजको बैठकको शून्य समयमा उनले गत वर्ष भएको बाढीपहिरोका कारण पूर्वी तराई जोड्ने मध्यपहाडी राजमार्गका भकुण्डेबेसीदेखि नेपालथोकसम्म बगाएको स्मरण गर्दै अब बर्खा सुरु नहुँदै छिटोभन्दा छिटो काम सम्पन्न गर्नुपर्नेमा जोड दिइन्। 
     
सांसद गौतमले भनिन्, “अन्य ठाउँमा पनि बाटो भत्किएको छ, अस्थायी रुपमा खोलेको ट्र्याकको यात्रा सहज छैन, तर पनि यो मार्गबाट सयौँ सवारीसाधन र हजारौँ यात्रीले छोटो दूरीको यात्रा गरिरहेका छन्, अब आउँदै गरेको मनसुनमा यो मार्गको यात्रा कति सम्भव छ।”

राजमार्गको काम थालिएको भनिए पनि काम गराई ढिलासुस्ती हुने गरेको उनको भनाइ छ।

“दुर्घटना हुनुभन्दा पहिला नै चाँडोभन्दा चाँडो यो मार्गलाई सुरक्षित र सहज बनाउन सरकारको योजना के छ ? जनताको सुरक्षित यात्राका लागि यो राजमार्गको चाँडोभन्दा चाँडो मर्मत हुन जरुरी छ”, उनले भनिन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad