अधिकतम २९२९ अंकमा पुगेर फर्किएको नेप्सेले आज चौथौ दिन पनि ओरालो यात्रा गरेको छ। सोमाबरदेखि घटेको नेप्सेले साताको अन्तिम दिन बिहीबार पनि निरन्तरता पाउँदा सूचक २८१८.४३ अंकमा आइपुगेको हो।
यो दिन दिनभरजसो बजारमा ससाना उतारचढाव देखिए पनि अन्तिम समयमा जम्म २.७० अंकले घटेर बन्द भएको हो। राताम्मे बनेको बजारमा लगानीकर्ताले कारोबार पनि खुम्च्याएका छन्।
१४ अर्बसम्म कारोबार गर्दै आएका लगानीकर्ताले बजार घट्न थालेपछि कारोबार खुम्च्याएका हुन्। आज पनि लगानीकर्ताले १० अर्ब १० करोड बरारबको सेयर कारोबार गरेका छन् ।
आज बैंकिङ, विकास बैंक, उत्पादन तथा प्रशोधन र माइक्रोफाइनान्स समूहबाहेक सबै समूहको सूचक घटेर राताम्मे बनेका छन्।
यस्तै कम्पनीगत रुपमा भने आज ९९ कम्पनीको सेयर मूल्य बढ्दा १३२ कम्पनीको मूल्य घटेको छ। जसमा गार्डियन माइक्रोलाइफको र भुगोल इनर्जी डेभलपमेन्ट कम्पनीको मूल्यमा सकारात्मक सर्किट लाग्दा नबिलको डिबेन्चरमा नकारात्मक सर्किट लागेको हो।
यस्तै बिहीबार कारोबारमा दुई पुनर्बिमा कम्पनी नै अगाडि देखिएका छन्। यी दुवै कम्पनीको सेयर १/१ अर्ब माथिको कारोबार भएको छ।
Shares

प्रतिक्रिया