आज पनि सुनचाँदीकै मूल्य बढेको छ। मंगलबार बढेको सुनचाँदीकै मूल्य आज पनि बढेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला नौसय रुपैयाँ बढेर एक लाख ७० हजार चारसय रुपैयाँ कायम भएको छ।
हिजो सुनको मूल्य प्रतितोला एक हजार चारसय रुपैयाँ बढेर एक लाख ६९ हजार पाँच रुपैयाँ कायम भएको थियो।
यही फागनु १३ गते सुनको मूल्य प्रतितोला १ लाख ७१ हजार ३ सय रुपैयाँ पुगेको थियो। जुन मूल्य हालसम्मकै सबैभन्दा उच्च हो।
गएको मंसिर तेस्रो साता सुनको मूल्य दुई दिनमै तोलामा साढे १८ हजार रुपैयाँ घटेको थियो। सरकारले भन्सारदर घटाएपछि मंसिर तेस्रो साता सुनचाँदीकै मूल्यमा उच्च गिरावट आएको थियो।
आज चाँदीको भाउ पनि बढेको छ। महासंघका अनुसार आज चाँदीको मूल्य तोलाको १० रुपैयाँ बढेर १ हजार ९ सय ५० रुपैयाँ कायम भएको छ।
Shares

प्रतिक्रिया