नेपाल धितोपत्र बोर्डले निक्षेप लिन वाणिज्य बैंकहरूसँग दोस्रोपटक आवेदन माग गरेको छ।
बोर्डले आफूसँग रहेको लगानीयोग्य रकम नेपाल धितोपत्र बोर्ड लगानीसम्बन्धी नीति, २०७६ बमोजिम वाणिज्य बैंकहरूको निक्षेपमा लगानी गर्न चाहेको थियो।
यसका लागि फागुन ८ गते आवेदन माग गर्दै सूचना जारी गरे पनि पर्याप्त आवेदन नपरेको भन्दै पुनः निक्षेप लिनका लागि आवेदन माग गरेको हो।
बोर्डले २० गतेसम्म इच्छुक बैंकहरूले आवेदन दिन पाउने उल्लेख गरेको छ। इच्छुक बैंकहरूले आफूले दिन सक्ने एक वर्षे ब्याजदरसहित निक्षेप लिनका लागि बोर्डमा आवेदन दिनुपर्नेछ।
33
Shares

प्रतिक्रिया