नेपाल बीमा प्राधिकरणका नवनियुक्त अध्यक्ष शरद ओझाले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्।
अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा ओझाले उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलसमक्ष शपथ लिएका हुन्।
उनलाई उपप्रधानमन्त्री एवं अर्थमन्त्री, अर्थसचिव घनश्याम उपाध्याय, राजस्व सचिव दिनेशकुमार घिमिरे लगायतले बधाई तथा सफल कार्यकालको शुभकामना दिएका थिए।
ओझालाई हिजोको मन्त्रिपरिषद्को बैठकले बिमा प्राधिकरणको अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको थियो।

141
Shares

प्रतिक्रिया