कारोबार


भारतको जनशक्तिमाथि निर्भर हुँदा रेल्वे सेवा घाटामा छ : मन्त्री दाहाल

भारतको जनशक्तिमाथि निर्भर हुँदा रेल्वे सेवा घाटामा छ : मन्त्री दाहाल

नेपालखबर
फागुन १२, २०८१ सोमबार १५:३९, काठमाडौँ

भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले नेपालसँग आवश्यक जनशक्ति नहुँदा जयनगर—जनकपुर रेल्वे सेवा घाटामा गएको बताएका छन्।

सोमबार राष्ट्रिय सभाअन्तर्गतको विधायन व्यवस्थापन समितिको बैठकमा पानीजहाज (सञ्चालन तथा व्यवस्थापन) विधेयक, २०८१ मा सैद्धान्तिक छलफलमा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिँदै मन्त्री दाहालले यस्तो बताएका हुन्। 

उनले रेल्वे विधेयक बनाउँदा ३ वर्ष अनुभव भएको मान्छेलाई कोपाइलट, लोको पाइलट काम गर्न पाउने भनेर लेख्दा अहिले जनशक्ति अभाव भएको उल्लेख गरे। 

नेपालमा रेल्वे सेवा सञ्चालन नहुने र अनुभवी खोज्दा भारतसँग निर्भर रहनुपरेको बताए। भारतसँग निर्भर रहँदा सञ्चालनका लागि भारतीय सरकारी कम्पनी कोनकोनलाई २४ करोड दिइरहनुपरेको बताए।

उनले उक्त कानून नसच्याएसम्म रेलवेसेवा घाटामा नै जाने देखिएकाले अहिले सरकारले कानून सच्याउन लागेको जानकारी दिए। रेल्वे सेवा नाफामा ल्याउन सरकारले कार्गो रेलको पहल गरिरहेको बताए।

उनले भने, ‘रेल्वे सञ्चलनका लागि आवश्यक जनशक्तिको कुरा ७३ नम्बरमा उल्लेख छ। यो रेल्वे विधेयक बनाउँदा घना छलफल भएको हो । रेल्वे विधेयक बनाउँदा के गरेछौँ भने ३ वर्ष अनुभव भएको मान्छेलाई कोपाइलट, लोको पाइलट काम गर्न पाउने भनेर लेखेछौँ। अनि हाम्रो देशमा त अहिलेसम्म रेलमा काम गर्ने मान्छे त कोही छैन। भारतीय जनशक्तिलाई दिने भन्ने लेखेछौँ। त्यसलाई हामी संशोधन गर्दैछौँ। लोकोपाइलट, कोपाइलट ट्रेनिङ गर्नका लागि भारतले, चीनले सहयोग गर्ने भनेको छ। तुरुन्तै हामी पठाउँदैछौँ। उहाँहरु आइसकेपछि कानूनमा पनि संशोधन गरेर नेपालीहरुले नै चलाउन, सञ्चालन गर्न पाउने भनेर गर्नेगरी व्यवस्था गर्दैछौँ।’

मन्त्री दाहालले थपे, ‘२४ करोडमा भरतको एउटा कम्पनीसँग सम्झौता गरेका छौँ, जयनगर—जनकपुर रेल चलाउन। अब बर्दिवाससम्म आउँदैछ। त्यो सञ्चलन गर्न त्यस्तो सम्झौता गर्नुपरेको छ। हाम्रो आफ्नो जनशक्ति नहुँदा रेल चलाएपनि निर्भर भारतसँग हुनुपरेको छ। पानी जहाजको त्यस्तो नहोस् भनेर टे«निङको व्यवस्था गरेका छौँ। रेल कसरी घाटामा गयो भन्ने छ।’

आन्तरिक जलमार्गलाई व्यवस्थित बनाउन जलमार्ग बनाउने ड्रेजिङ मेसिन किन्ने तयारी गरिरहेको बताए।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad