कारोबार


दूधकोसी आयोजना प्रमुख गुरुङलाई हटाउन ऊर्जामन्त्रीको ठाडो आदेश

दूधकोसी आयोजना प्रमुख गुरुङलाई हटाउन ऊर्जामन्त्रीको ठाडो आदेश

नेपालखबर
फागुन ११, २०८१ आइतबार १२:३५, काठमाडौँ

ऊर्जामन्त्री दीपक खड्काले दूधकोसी जलविद्युत आयोजना प्रमुख कार्यकारी अधिकृत विमल गुरुङलाई हटाउन ठाडो आदेश दिएको पाइएको छ।

मन्त्री खड्काले आफ्नाबारेमा सामाजिक सञ्जालमा ‘गैरजिम्मेवार ढंगले समाचार सम्प्रेषण’ गरेको आरोप लगाउँदै तत्काल जिम्मेवारीबाट हटाउन आदेश दिएका हुन्।

मन्त्रालयले फागुन ८ गते नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पत्राचार गरी गुरुङलाई हटाउन भनेको छ। 

मन्त्रालयका एक अधिकारीले भने, ‘दूधकोसी विद्युत प्राधिकरणअन्तर्गतको आयोजना हो। आयोजनाका प्रमुख कार्यकारी अधिकृतलाई हटाउन यसअघि पटकपटक मौखिक रूपमा भनिसकिएको हो। मौखिक आदेश कार्यान्वयन नभएपछि पत्र नै लेखेर पठाएका छौँ।’

पत्रमा लेखिएको छ, ‘तहाँ प्राधिकरणअन्तर्गत सञ्चालित दूधकोसी जलविद्युत आयोजनाको प्रमुख कार्यकारी अधिकृत विमल गुरुङले मन्त्रालय र यस मन्त्रालयका मा. मन्त्रीज्यूका बारे सामाजिक सञ्जालमा गैरजिम्मेवार ढंगले समाचार सम्प्रेषण गरेको हुँदा निजलाई सो जिम्मेवारीबाट तत्काल हटाउने सम्बन्धमा नेपाल विद्युत प्राधिकरण सञ्चालक समितिको बैठकमा समेत छलफल भई निर्देशनसमेत भइसकेकोमा निजलाई हालसम्म पनि सो जिम्मेवारीबाट नहटाएको भन्ने बुझिन आएको हुँदा निजलाई तत्काल सो जिम्मेवारीबाट हटाई यस मन्त्रालयलाई सो को जानकारी गराउनुहुन मिति २०८१/११/८ को सचिवस्तरको निर्णयानुसार अनुरोध छ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad