राष्ट्रिय प्रसारण ग्रिड कम्पनी लिमिटेडले प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदका लागि दरखास्त आह्वान गरेको छ।
१५ दिने समय दिएर कम्पनीले सीईओ पदपूर्तिको लागि आह्वान गरेको हो।
कम्पनीको नियमावली २०७२ (पाँचौँ संशोधनसहित) को नियम ३६ (१) बमोजिम उक्त पदमा नियुक्तिका लागि सोही नियमावलीको नियम ३६ (२) अनुसार दरखास्त दिन भनिएको छ।
इच्छुक आवेदकले नागरिकताको प्रतिलिपि, व्यक्तिगत विवरण, शैक्षिक योग्यता र कार्यानुभवसम्बन्धी कागजात बुझाउनुपर्नेछ। सँगसँगै आफ्नो बिजनेस प्लान समेत पेस गर्नुपर्ने सूचनामा उल्लेख छ।
यस्ता छन् शर्त र योग्यता
66
Shares

प्रतिक्रिया