कारोबार


नयाँ स्टक एक्सचेन्जको अनुमति दिन धितोपत्र बोर्डले बनायो समिति

नयाँ स्टक एक्सचेन्जको अनुमति दिन धितोपत्र बोर्डले बनायो समिति

नेपालखबर
माघ २७, २०८१ आइतबार १७:४०, काठमाडौँ

नयाँ स्टक एक्सचेन्जको अनुमति प्रक्रिया अगाडि बढाउन नेपाल धितोपत्र बोर्डले ५ सदस्यीय अध्ययन समिति बनाएको छ। 

बोर्डका अध्यक्ष सन्तोष नारायण श्रेष्ठले कानुन मन्त्रालयका सहसचिव विनोद कुमार भट्टराईको संयोजकत्वमा पाँच सदस्यीय अध्ययन समिति बनाएका हुन्। 

अध्ययन समितिले कुनै यसअघि नेपाल राष्ट्र बैंकका पूर्वडेपुटी गभर्नर चिन्तामणि शिवाकोटीको संयोजकत्वमा गठित अध्ययन समितिले तयार पारेको प्रतिवेदनउपर अध्ययन गर्ने जनाइएको छ। 

यसमा नेप्से पुनर्संरचनादेखि नयाँ स्टक एक्सचेन्ज सञ्चालनका लागि अनुमति दिनुपर्ने उल्लेख गरिएको छ। अध्यक्ष श्रेष्ठले सोही अध्ययनमा रहेर नयाँ स्टक एक्सचेन्जको प्रक्रिया अगाडि बढाउन लागेका हुन्। 

उनले प्रतिवेदनउपर अध्ययन गरेर कसरी प्रक्रिया अगाडि बढाउने भन्नेबारे कार्ययोजना बनाउन समेत समितिलाई निर्देशन दिएका छन्।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad