कारोबार


एनआईसी एसियाको डिजिटल बैंकिङ सेवा निःशुल्क लिन सकिने

एनआईसी एसियाको डिजिटल बैंकिङ सेवा निःशुल्क लिन सकिने

नेपालखबर
चैत ९, २०७६ आइतबार ११:४८,

एनआईसी एसिया बैंक लिमिटेडले इन्टरनेट तथा मोबाइल बैंकिङलगायतका विद्युतीय माध्यमबाट गरिने भुक्तानीका सबै सेवाहरू निःशुल्क गरेको छ।

कोरोना भाइरस (कोभिड–१९)महामारीको जोखिम न्यूनीकरणका लागि नेपाल सरकारले गरेको रोकथाम तथा नियन्त्रणको प्रयासलाई टेवा पुर्‍याउने उद्देश्यले उक्त सेवाहरु निःशुल्क गरेको बैंकले जनाएको छ।

विश्वभरि नै तीव्र रुपमा फैलिरहेको यस भाइरसको जोखिम कम गर्न अहिले विभिन्न देशहरुले युद्धस्तरमा अनेक सावधानीका उपायहरु अपनाएका छन् । विश्व स्वास्थ्य संगठनले नेपाललाई पनि कोरोना भाइरसको संक्रमणको दृष्टिकोणले जोखिमपूर्ण राष्ट्रको रुपमा सूचिकृत गर्दै सतर्क रहन निर्देशन दिएको छ।

कोरोना भाइरस एक व्यक्तिबाट अर्काेमा सजिलै सर्न सक्ने हुनाले भिडभाडमा नजान तथा सबैलाई सजग रहन सरकारले सुझाव दिएको छ। यस्तै, देशवासीहरुलाई अत्यावश्यक काम बाहेक घर बाहिर ननिस्कन सरकारले अनुरोध गरिरहेको छ।

बैंकले ग्राहकको स्वास्थ्य तथा सुविधालाई मध्यनजर गर्दै आफ्ना ग्राहक महानुभावहरुलाई घरमै बसेर अनलाइन खाता खोल्न मिल्ने सुविधा प्रदान गर्नुको साथै, इन्टरनेट तथा मोबाइल बैंकिङ्ग लगायका विद्युतीय माध्यमबाट गरिने निम्नलिखित भुक्तानीका सेवाहरू अर्काे सूचना जारी नगरेसम्मको लागि निःशुल्क गरेको बैंकको भनाइ छ।

कुन कुन सेवा निःशुल्क?

nic digital serivice free

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad