कारोबार


इन्टरनेट र माेबाइल बैंकिङको कारोबार सीमा बढ्यो, कति पुग्यो?

इन्टरनेट र माेबाइल बैंकिङको कारोबार सीमा बढ्यो, कति पुग्यो?

नेपालखबर
चैत ९, २०७६ आइतबार ११:७,

नेपाल राष्ट्र बैंकले मोबाइल तथा इन्टरनेट बैंकको माध्यमबाट गरिने भुक्तानीको सीमा बढाएको छ।

राष्ट्र बैंकले मोबाइलमार्फत गरिने भुक्तानी प्रतिदिन १ लाख र इन्टरनेटमार्फत गरिने भुक्तानी प्रतिदिन १० लाख बनाएको छ। प्रतिमहिना मोबाइल बैंकिङमार्फत १० लाख र इनटरनेट बैंकिङमार्फत ५० लाखको कारोबार गर्न सकिने भएको छ।

योभन्दा अघि मोबाइल बैंकिङमार्फत प्रतिदिन ५० हजार र प्रतिमहिना २ लाखसम्मको कारोबार गर्ने सकिने व्यवस्था थियो।। त्यस्तै इन्टरनेट बैंकिङमार्फत प्रतिदिन १० लाख र प्रतिमहिना ३० लाखसम्म भुक्तानी गर्न सकिने व्यवस्था थियो।

आज सर्कुलर जारी गर्दै नेपाल राष्ट्र बैंकले वालेटबाट पनि प्रतिदिन १ लाखसम्म र प्रतिमहिना ५ लाखसम्म कारोबार गर्न सकिने सीमा तोकेको छ।

यस्ताे छ काराेबार सीमा

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad