कारोबार


राष्ट्रिय आर्टिफिसियल इन्टेलिजेन्स नीति ल्याउँदै सरकार, ४ उद्देश्य राखेर तयार भयो मस्यौदा (पूर्णपाठ)

राष्ट्रिय आर्टिफिसियल इन्टेलिजेन्स नीति ल्याउँदै सरकार, ४ उद्देश्य राखेर तयार भयो मस्यौदा (पूर्णपाठ)

नेपालखबर
माघ २२, २०८१ मंगलबार १७:२७, काठमाडौँ

सरकारले आर्टिफिसियल इन्टेलिजेन्स नीतिको ४ उद्देश्य राखेर मस्यौदा तयार गरेको छ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले सुझाव माग गर्दै मस्यौदा सार्वजनिक गरेको हो। 

नीतिमा  सुरक्षित एवं दिगो एआई इकोसिस्टमको निर्माण गर्नेलाई प्राथमिकता दिइएको छ। 

 एआईको क्षेत्रमा जनशक्ति विकास, अध्ययन, अनुसन्धान, नवप्रवर्तन र उद्यमशीलताको विकास गर्ने उल्लेख गरेको छ। 

तेस्रोमा एआईको प्रयोगमार्फत क्षेत्रगत विकास र सार्वजनिक सेवाको गुणस्तरमा सुधार गर्नु र एआई विकास एवं सुरक्षित प्रयोगको लागि समन्वय, सहकार्य, नियमन र अनुगमन गर्नु रहेको छ।

नीतिअनुसार नवप्रवर्तन र उद्यमशीलताको प्रवर्द्धन, विद्यमान संरचनाहरूको सबलीकरण एवं क्षेत्रगत समन्वय र सहकार्यमार्फत कुल गार्हस्थ्य उत्पादनमा एआई क्षेत्रको योगदान बढाउने लक्ष्य राखिएको छ।

पढ्नुहोस् प्रस्तावित नीतिको मस्यौदा
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad