कारोबार


विद्युतीय व्यापारसम्बन्धी विधेयक उद्योग समितिबाट पारित

विद्युतीय व्यापारसम्बन्धी विधेयक उद्योग समितिबाट पारित

नेपालखबर
माघ २०, २०८१ आइतबार १६:५१, काठमाडौँ

उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले विद्युतीय व्यापारका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८० लाई सर्वसम्मतिले पारित गरेको छ।

आइतबार बसेको प्रतिनिधि सभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति बैठकले उक्त विधेयकलाई सर्वसम्मतिले पारित गरेको हो।

समितिले लामो समय विधेयकका विषयमा छलफल गरी समितिले बनाएको अन्तिम ड्राफ्टको विषयमा उद्योग,कानून र सञ्चार मन्त्रालयसँगको छलफलपछि विधेयक समितिबाट पारित भएको हो।

विद्युतीय व्यापारका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८० राष्ट्रिय सभाबाट पारित भएर प्रतिनिधि सभा हुँदै छलफलका लागि समितिमा आएको थियो। समिति बठैकमा बोल्दै समिति सभापति अब्दुल खानले सबैको सर्वसहमतिले विधेयक पास भएको घोषणा गरे।

उनले समितिबाट पारित भएको विधेयक संसदमा पेश गरिने जानकारी दिए समितिबाट विधेयक पास भएपनि संसदमा पेश गर्ने जिम्मेवारी बाँकी रहेको समिति सभापति खानले बताए।

समिति बैठकमा बोल्दै उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले विद्युतीय व्यापारका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८० महत्वपूर्ण रहेको भन्दै नयाँ विधेयक बन्नु खुशीको विषय भएको बताए। उनले नयाँ ऐन समिति र संसदबाट पारित गराउनु भनेको समिति र सरकारको पुँजी भएको बताए।

विगतमा धेरै ऐनहरु बनाउँदा समय सापेक्ष भए÷नभएको समिक्षाका आधारमा नयाँ कानून बनाउन आवश्यक रहेको उनको भनाई थियो। उनले सरकारले ऐन कानूनहरु बनाउँदा सरलिकृत बनाउने प्रयास स्वरुप धेरै ऐनहरु संशोधन गरिरहेको उल्लेख गरे।

मन्त्री भण्डारीले ऐन कानुनहरू सरलिकृत हुँदा कार्यान्वयनमा सहजता हुने बताए। उनले ऐनलाई कार्यान्वयन गर्ने विधि र कार्यविधि बनाउन जरुरी रहेको स्पष्ट पारे।

विद्युतीय व्यापारका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८० विधेयकले मध्यस्तकर्ता,उत्पादक र विक्रेतालाई व्यवसायीको रुपमा लिएको छ। विधेयकले अरुको उत्पादनलाई अनलाइन माध्ययमबाट व्यापार गर्ने व्यवस्था गरेको छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad